धनगढी पोष्ट
सोमबार, १९ साउन २०७७ मा प्रकाशित
धनगढी
बाजुराको त्रिवेणी नगरपालिकामा भीरबाट लडेर १६ बर्षिया किशोरी घाइते भएकी छिन् ।
त्रिवेणी नगरपालिका ६ पन्धारा बस्ने १६ बर्षिय अमृता बुढा भिर बाट लडेर गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । सोमवार बिहान घरबाट घाँस काट्न निस्केकी उनी भीरबाट लडेर घाइते भएको बाजुराका प्रहरी प्रमुख डिएसपी टंक प्रसाद भट्टराईले जानकारी दिएका छन् । भीरमा लडेर गम्भिर घाइते भएकी बुढाको कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ ।
उनको कम्मर भन्दा मुनिको भाग नचल्ने अवस्था रहेको स्थानीय स्वास्थ्यकर्मीले वताएका छन् । अमृताको अबस्था चिन्ताजनक रहेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज लिने तयारी भइरहेको छ । डिएसपी भट्टराईका अनुसार हेलिकप्टरका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालय पत्रचार गरिसकेको छ ।
गृह मन्त्रालयले पनि नेपाली सेनालाई पत्राचार गरिसकेको जानकारी पाइएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताएका छन् ।