धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

बाजुरामा ५१ हजार नगद सहित ११ जुवाडे पक्राउ

धनगढी

बाजुरा जिल्लाको गौमुल गाउँपालिकाबाट ११ जना जुवाडे प्रकाउ परेका छन जुवा खेलिरहेको अबस्थामा प्रहरीले बिषेश सुराकीका अधारमा उनीहरुलाई पक्राउ गरेको हो

गस्तीमा गएको टोलीले जुवा खेलिरहेको सूचना पाएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए

जुवाडे पक्राउ संगै करीव ५१ हजार रुपैया समेत बरामद गरेको प्रहरी निरीक्षक रोकायाले बताएका छन गौमुलमा पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याउन लागिएको प्रहरी निरीक्षक रोकायाले बताएका छन

करिव दुइ हप्ता अघि मात्र सदरमुकाम मार्तडी नजिकै रहेको बाउली बजारबाट गरी १३ जना भन्दा बढि जुवाडे पक्राउ परेका थिए  


ट्रेन्डिङ