धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

सृजनशील सहकारीद्धारा ५६ महिलालाई इरिक्सा संचालन तालिम प्रदान

सृजनशील सहकारीद्धारा ५६ महिलालाई इरिक्सा संचालन तालिम प्रदान

सृजनशील बचततथा ऋण सहकारी संस्था लि. सेवा केन्द्र धनगढीले सँचालन गरेको महिलाहरुका लागि  इरिक्सा चालक  तालिम सम्पन्न भएको  छ । महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले तालिम संचालन गरिएको हो । बैशाख ७ देखि १३ गतेसम्म संचालन भएको तालिममा २१ जना र बैशाख  १० देखि १७  गतेसम्म संचालन भएको तालिममा १६ जना महिलाको सहभागिता रहेको थियो । यसअघि २०८१ माघमा संचालन भएको तालिममा १९ जना महिलाको सहभागिता रहेको सृनशील सहकारीको धनगढी सेवा केन्द्रका प्रमुख जीवन बमले बताए ।

सुदुर पश्चिम डाइभिगं सेन्टरले संचालन गरेको तालिममा शिक्षक अनिता दमाई र प्रशिक्षक उद्धव सिह महरा रहेका थिए । समापन कार्यक्रमको संचालन सृजनशील सहकारीका धनगढी सेवा केन्द्र प्रमुख जीवन बमले गरेका थिए ।