धनगढी पोष्ट
शुक्रबार, ०२ जेठ २०८२ मा प्रकाशित
धनगढी । कैलालीका १३ वटा स्थानीय तहमा ४७ करोड ६९ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन अनुसार १३ पालिकामा उक्त बेरुजु देखिएको हो ।
कैलालीमा एउटा उपमहानगरपालिका, छ नगरपालिका र छ गाउँपालिका रहेको प्रतिवेदन अनुसार सबैभन्दा बढी मोहन्याल गाउँपालिकामा र सबै भन्दा कम जोशीपुर गाउँपालिकामा बेरुजु देखिएको छ ।
बढी बेरुजु रहेको मोहन्याल गाउँपालिकामा कुल ९७ करोड २७ लाख ५९ हजार रकमको लेखापरीक्षण गरिएकोमा सात करोड छ लाख ७३ हजार अर्थात ७.२७ प्रतिशत बेरुजु रकम देखिएको छ ।
कम बेरुजु रहेको जोशीपुर गाउँपालिकामा कुल एक अर्ब १० करोड ४० लाख ४४ हजार रकमको लेखापरीक्षण गरिएकोमा ९६ लाख ७९ हजार अर्थात ०.८८ प्रतिशत बेरुजु रहेको छ ।
प्रतिवेदनका अनुसार धनगढी उपमहानगरपालिकामा कुल चार अर्ब ४१ करोड ७७ लाख २९ हजार रकमको लेखापरीक्षण गरिएकोमा चार करोड ७२ लाख ६९ हजार अर्थात १.०७ प्रतिशत बेरुजु रकम देखिएको छ ।
गोदवारी नगरपालिकामा कुल ३० करोड ८१ लाख ३८ हजार रकमको लेखापरीक्षण गरिएकोमा पाँच करोड आठ लाख ७४ हजार अर्थात १.६९ प्रतिशत बेरुजु रहेको छ, भने गौरीगंगा नगरपालिकामा कुल एक अर्ब ८४ करोड ६७ लाख ४१ हजार रकमको लेखापरीक्षण गरिएकोमा तीन करोड २० लाख ९५ हजार अर्थात १.७४ प्रतिशत बेरुजु रहेको छ ।
यसैगरी, घोडाघोडी नगरपालिकामा कुल दुई अर्ब ३३ करोड ३८ लाख ९४ हजार रकमको लेखापरीक्षण गरिएकोमा तीन करोड १७ लाख ४९ हजार अर्थात १.३८ प्रतिशत बेरुजु रकम देखिएको छ ।
लम्कीचुहा नगरपालिकामा कुल एक अर्ब ८५ करोड ४८ लाख ९२ हजार रकमको लेखापरीक्षण गरिएकोमा पाँच करोड ५७ लाख ८८ हजार अर्थात ३.०१ प्रतिशत बेरुजु रहेको छ ।
टीकापुर नगरपालिकामा कुल एक अर्ब ५६ करोड ७३ लाख ७२ हजार रकमको लेखापरीक्षण गरिएकोमा चार करोड २९ लाख सात हजार अर्थात २.७४ प्रतिशत बेरुजु रकम देखिएको छ, भने भजनी नगरपालिकामा कुल एक अर्ब ५३ करोड चार लाख ७६ लाख रकमको लेखापरीक्षण गरिएकोमा चार करोड ७४ लाख ९५ हजार अर्थात ३.१० प्रतिशत बेरुजु रकम देखिएको छ ।
यस्तै, कैलारी गाउँपालिकामा कुल एक अर्ब ५६ करोड ६३ लाख ७८ हजार रकमको लेखापरीक्षण गरिएकोमा तीन करोड ३८ लाख २५ हजार अर्थात २ं२६ प्रतिशत बेरुजु रहेको छ, भने चुरे गाउँपालिकामा कुल ९० करोड ४१ लाख ८३ हजार रकमको लेखापरीक्षण गरिएकोमा दुई करोड ५३ लाख ६६ हजार अर्थात २.८१ प्रतिशत बेरुजु रहेको छ ।
जानकी गाउँपालिकामा कुल एक अर्ब ५६ कररोड २१ लाख १३ हजार रकमको लेखापरीक्षण गरिएकोमा एक करोड ५५ लाख ९० हजार अर्थात १ प्रतिशत बेरुजु रहेको छ ।
बर्दगोरिया गाउँपालिकामा कुल एक अर्ब २५ करोड ५९ लाख ८० हजार रकमको लेखापरीक्षण गरिएकोमा एक करोड ३६ लाख १४ हजार अर्थात १.०८ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षक कार्यालयले ३१ वैशाखमा ६२ औं वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक गरेको थियो ।