धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

रक्षा बन्धनको उपलक्षमा वृक्षारोपण

रक्षा बन्धनको उपलक्षमा वृक्षारोपण

धनगढी
 रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा रोट्ट्रयाक्ट क्लव अफ धनगढीले धनगढी –उप–महानगरपालिका–३ गौशालामा वृक्षारोपण गरेको छ । 
 क्लवले रक्षा बन्धनको अवसरमा हिन्दु संस्कार अनुसार गरिने पूजा तथा अन्य कार्यमा आवश्यक पर्ने खैर, हर्रो, बर्रो, अमलाका बोट तथा विभिन्न प्रजातिका फूल रोपिएका क्लवका अध्यक्ष जीवन रेग्मीले बताए । वृक्षारोपण कार्यक्रममा रोटरी क्लब धनगढीका सचिव ठेकेन्द्र जोशी, रोटरी क्लव अफ धनगढीका सहसचिव डिल्लीराज ऐरी तथा इन्ट्रयाक्ट क्लव अफ व्लीका अध्यक्ष लोचन जोशी, तथा रोट्ट्रयाक्ट क्लव अफ धनगढीका पूर्व अध्यक्ष जयप्रसाद भट्टको सहभागिता रहेको थियो ।