धनगढी पोष्ट
मङ्गलबार, २० साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी संक्रमित कैलालीमा रहेका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कैलालीमा सोमबार सम्म कोरोना संक्रमितको संख्या एक हजार दुई सय ७२ रहेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार डोटीमा सात सय ३०, अछाममा ६ सय ९९, बाजुराका ४ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी कञ्चनपुरमा पाँच सय ८१, डडेल्धुराका तीन सय १, बैतडीका ३ सय १९ र बझाङका दुई सय ६९ जना संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार सुदूरपश्चिममा सबैभन्दा कम दार्चुला जिल्लामा ३८ जना मात्र संक्रमित रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार ६६ जना थपिए सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ६ सय ५८ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका मध्य तीन हजार दुई सय ७६ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि डोटीका पाँच सय ५८, अछामका पाँच सय ५६, कैलालीका पाँच सय ५४, कञ्चनपुरका चार सय ९०, बैतडीका तीन सय र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ ।
यसैगरी बाजुरा चार सय ३१, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । सोमबार सम्म सुदूरपश्चिममा ५५ जना संक्रमतिको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।