धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बिहीबार देखी सेतीमा दैनिक साढे पाँच सय स्वाव परिक्षण हुने

बिहीबार देखी सेतीमा दैनिक साढे पाँच सय स्वाव परिक्षण हुने

धनगढी

 धनगढीमा कोरोना परिक्षणका लागि थप एउटा ल्याव जडान कार्य अन्तिम चरणमा पुगेको सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका तीन वटा कारोना परिक्षण मेसिन मध्य एउटा सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्ने गरी धनगढीमा जडान गरिएको हो

 सो ल्याब सञ्चालन संगै धनगढीमा दैनिक साढे पाँच सय स्वाव परिक्षण गर्न सकिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए पशु कार्यालयमा यस अघिनै जडान भइ सञ्चालनमा रहेको ल्यावमा दुई सय ७०  नयाँ ल्यावमा पनि दैनिक दुई सय ७० परिक्षण गरी अव धनगढीमा मात्रै दैनिक साढे पाँच सय स्वाव परिक्षण गर्न सकिने श्रेष्ठे बताए

 उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयको भवनमा जडान भइरहेको नयाँ ल्यावबाट बिहीबार देखी परिक्षण थालिने अहिले ल्यावमा विजुली, पानी, एसी जडन तथा चेकजाँच गर्ने कार्य भइरहेका सूचना अधिकारी श्रेष्ठले भने–‘बिहीबार देखी सेती अस्पतालमा दुई वटा ल्याबबाट कोरोना परिक्षण गरिने

 यस अघि धनगढीमा जडान भएको एउटा मात्रै ल्यावले दैनिक दुई सय ७० सम्म स्वाव परिक्षण गर्ने गरेको थियो नयाँ जडान भइरहेको ल्यावको परिक्षण क्षमता पनि दुई सय ७० नै रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन्

 चैत १५ गते बसेको सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषदको निर्णयले धनगढी, डोटी बैतडीमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो