२०८२।२०८३ को बजेट : फाप्ला क्रिकेट रंगशाला निर्माण गरिने

२०८२।२०८३ को बजेट : फाप्ला क्रिकेट रंगशाला निर्माण गरिने

नेपाल सरकारले आर्थिक बर्ष २०८२।२०८३ मा धनगढी कैलालीको फापला क्रिकेट रंगशाला निर्माण गर्न बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेट प्रस्तुत गर्दै कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।

अर्थमन्त्री पौडेलले बजेट भाषणका क्रममा भने ‘कैलालीको फाप्ला क्रिकेट रंगशाला, मुलपानी रंगशाला, मोरङको गिरिजाप्रसाद रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि कुल ४२ करोड रुपैयाँ विनियोजन गरेको छुँ ।’