सुदुरपश्चिम प्रदेशको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक : रोजगार सिर्जना र गरिबी निवारणमा प्राथमिकता

सुदुरपश्चिम प्रदेशको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक : रोजगार सिर्जना र गरिबी निवारणमा प्राथमिकता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२।२०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाले शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिइने नीति तथा कार्यक्रममा जनाइएको छ । विशेषगरी रोजगार सिर्जना, गरिबी निवारण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र कृषि प्रवर्धनमा जोड दिइएको छ । सरकारले आर्थिक रूपले विपन्न वर्गलाई लक्षित गरी सहुलियत ब्याजमा ऋण सुविधा, श्रमिकहरूका लागि सामाजिक सुरक्षाको कार्यक्रम र स्वरोजगार प्रवद्र्धन गर्ने योजनाहरू अघि सारेको छ ।

त्यस्तै, गाउँ–गाउँमा आवासीय विद्यालय, खेलकुद मैदान निर्माण, स्वास्थ्य बीमा, तथा पूर्वाधारको विकासका कार्यक्रमलाई पनि अगाडि बढाउने उल्लेख छ ।

डोटीको जोरायल, दार्चुलाको गोठलापानी, बैतडीको खोडपे, कैलालीको टीकापुर लगायतका स्थानहरूमा स्वास्थ्य सेवाको पहुँच बढाउने योजना पनि समावेश गरिएको छ ।