धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी

सुदूरपश्चिममा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी
 पछिललो २४ घण्टाको अवधीमा सुदूरपश्चिम प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
 राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिइएको परिक्षणमा बझाङका १ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालमा गरिएको परिक्षणमा ३३ जनामा संक्रमण पुष्टी भएको हो । 
 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मंगलबार सेतीमा एक सय ७० जनाको स्वाव परिक्षण गरिएकोमा २६ पुरुष र ७ महिलागरी ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
 सूचना अधिकारी श्रेष्ठका अनुसार मंगलबार थपिएका संक्रमित हरुमा गोदावरी नगरपालिका ९ पुरुष र ५ महिला गरी १४ जना, कैलारी गाउँपालिकाका ६ पुरुष र एक महिला गरी ७ जना, अछामको बान्नीगढी जयगढ गाउँपालिका १० पुरुष, १ महिला गरी ११ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार मंगलबार ३३ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या चार हजार ६ सय ९२ पुगेको छ ।