धनगढी पोष्ट शुक्रबार, २३ जेठ २०८२   June 6, 2025

लगानी सम्मेलन सम्भावनालाई जीवन्त बनाउने प्रयास हो : मुख्यमन्त्री शाह

लगानी सम्मेलन सम्भावनालाई जीवन्त बनाउने प्रयास हो : मुख्यमन्त्री शाह

सुदुपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले लगानी सम्मेलन सुदुरपश्चिमका   प्राथमिकतामा  आधारित सम्भावनाहरूलाई जीवन्त गराउने ठोस प्रयासको अर्को खुड्किलो भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको पहिलो पञ्चवर्षीय योेजनाले कृषि, पर्यटन, पुवाधार, उर्जा, सामाजिक विकास, सीप र रोजगारी, उद्यमशीलता, वातावरणीय  दिगोपना, सुशासन गरी नौ वटा प्राथमित क्षेत्रको पहिचान गर्दै विकास प्रयासलाई केन्द्रित र समन्वयमा आधारित  बनाएको छ । मुख्यमन्त्री शाहले भने ‘यो सम्मेलन ती  प्राथमिकतामा  आधारित सम्भावनाहरूलाई जीवन्त गराउने ठोस प्रयासको अर्को खुड्किलो हो ।’

सुदूरपश्चिम प्रदेश सरकारको पहिलो पञ्चवर्षीय योेजना प्रदेशको भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतिक रष्टियलाई केन्द्रमा राखेर बनाइएको पहिलो बृहद दृष्टिकोणयुक्त दस्तावेज  भएको मुख्यमन्त्री शाहले बताए ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिममा मानव पूँजी र सेवा क्षेत्रमा पनि उदीयमान केन्द्र भएको उल्लेख गर्दै भने ‘यहाको युवा जनसंख्या, बढ्दो साक्षरता दर, प्रति  व्यक्ति शिक्षा, स्वास्थ्य, सूचना प्रविधि सेवा, आपूर्ति श्रृंखला व्यवस्थापन, हरित लगानी र नवप्रवद्र्धन सम्बन्धमा प्रदेश सरकारको प्राथमिकताले यी क्षेत्रहरूलाई लगानीमैरी बनाएको छ ।’

सुदूरपश्चिम प्रदेशका विद्यमान नीति तथा कार्यक्रमहरूले लगानीका लागि प्रोत्साहन गर्ने आवश्यक कानुनी व्यवस्था गर्न, सार्वजनिक–निजी साझेदारी प्रवद्र्धन तथा गर्न एकद्वार लगानी सेवा प्रदान गदै प्रदेशलाई लगानी  सुगम गन्तव्यको रूपमा स्थापित  गर्न ठोस पाइला चालेकोमुख्यमन्त्री शाहले बताए  । मुख्यमन्त्री शाहले भने ‘लगानीको वातावरण बनाउन  अनुदान, कर छुट, भूमि व्यवस्थापनएकद्धार प्रणाली, योजना बैंक को निर्माण गर्ने विषयहरू कार्यान्वयर्नका लागि अगाडी सारिएका छन् ।’

लगानी तथा विकास सम्मेलनलाई सिर्जनशील रूपमा लगानी प्रवद्र्धन, दीर्घकालीन साझेदारी र दिगो विकासको नयाँ युगतर्फको यात्रा तय गर्ने अठोका रूपमा लिएका छौँ, मुख्यमन्त्री शाहले भने, ‘विकासका प्राथमिक क्षेत्र पहिचान गर्दै कृषि, पर्यटन, पूर्वाधार, ऊर्जा, मानव पुँजी, सूचना तथा प्रविधि र सेवा क्षेत्रमा लगानीको बाटो खोल्ने प्रयास हाम्रो हो ।’

लगानी सम्मेलनको आयोजनापछि स्वदेशी तथा विदेशी लगानीकर्तालाई सुदूरपश्चिम आउने र प्रदेशमा पनि लगानीमैत्री वातावरण सिर्जना गर्ने मुख्यमन्त्री शाहले प्रतिबद्धता व्यक्त गरे ।

  कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न उद्योगी, पर्यटन व्यवसायीहरू, कूटनीतिक नियोगका उच्च पदस्थ व्यक्तिहरू, अन्तर्राष्ट्रिय दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरू, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते धनगढीमा लगानी तथा विकास सम्मेलनको आयोजना गर्ने जनाएको छ । लगानी तथा बिकास सम्मेलनको तयारीको क्रममा तयारी सम्मेलन आयोजना गरिएको हो ।