धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

माहौर वैश्य सेवा समितिद्धारा  वेहडाबाबामा बिशाल भण्डारण संचालन

माहौर वैश्य सेवा समितिद्धारा  वेहडाबाबामा बिशाल भण्डारण संचालन

माहौर वैश्य सेवा समिति धनगढीले  गंगा दशहराको अवसरमा वेहडावावामा विहीवार बिशाल भण्डारण (प्रसाद वितरण) संचालन गरेको छ ।

गंगा दशहराको बेलामा टाढा टाढाबाट भक्तजनहरुको घुइचो लाग्ने भएकोले भक्तजनहरुको सहजताका लागि बिशाल भण्डारण संचालन गरिएको माहौर वैश्य सेवा समितिका अध्यक्ष मुकेश गुप्ताले बताए । अध्यक्ष गुप्ताले भने  ‘धार्मिक आस्थाले आउनेहरुलाई प्रसादको रुपमा भण्डारण संचालन गरेका हौं ।’

माहौर वैशय सेवा समितिले स्थापना  भएपछि पहिलो सामाजिक कामको रुपमा सदस्यहरु मिलेर एक दिने विशाल भण्डारा संचालन गरिएकोे हो ।

बिहानैदेखि साझसम्म समिकिा सदस्यहरुले नै भण्डारा संचालन गरेका हुन् । भण्डारा संचालन गर्न करिब २ लाख ५० लागेको अध्यक्ष गुप्ताले बताए ।

 धनगढीमा उपलव्ध  रहेको माहौर वैश्यहरुको भेलाले समिति गठन गरेको हो ।