धनगढी पोष्ट
बुधबार, २८ जेठ २०७७ मा प्रकाशित
धनगढी,
भारतबाट आएका नागरिकलाई ‘टिप्परमा कोचेर’ कोरोनाको उच्च खतरामा नपार्न सुदूरपश्चिमका मुख्यमन्त्रीसँग बिद्यार्थीहरुले माग गरेका छन् । बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले भारतबाट नेपाल भित्रिने नागरिकलाई टिप्परमा कोचेर ओसार्दा झनै जोखिम बढाएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।
दुःख कष्ट गर्दै भारतबाट सुरक्षित भएर सीमामा पुगेका नागरिकलाई टिप्परमा कोचेर सम्बन्धीत स्थानीय तहमा पठाउने गरेको भन्दै युवाहरुले सरकारको त्यसतो कार्यले नागरिक झनै जोखिममा पारेको मुख्यमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
‘सरकारले जनताको सुरक्षा गर्ने हो’ ज्ञापनपत्रमा भनिएको छ–‘तर प्रदेश सरकारले नै जनतालाई असुरक्षित तुल्याएको छ, यस्तो काम तत्काल बन्द गरी सुरक्षित तरिकाले नागरिकलाई ओसार्नु पर्द छ ।’
ज्ञापन पत्रमा नागरिकको कोरोना परिक्षण गर्दा ¥यापिट टेष्ट विधीको प्रयोग हटाइनु पर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक पिपीई लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउनु पर्ने, कोरोना परिक्षका लागि सवै जिल्लामा ल्याब स्थापना गरेर परिक्षण शुरु गर्नु पन, क्वारेण्टाईनको उचित व्यवस्थापन गरिनुपर्ने लगायतमा मागद गरिएका छन् ।
फेसबुक पेज मार्फत आपसमा जोडिएका युवाहरुले सुदुरपश्चिममा कोरोनाको जोखिम कम आरडटिी परिक्षण रोक्न माग गर्दै बुधबार सबहान मुख्यमन्त्री कार्यालय अगाी धर्ना दिएका थिए ।