सुनचाँदीमा लगाइएको करप्रति असन्तुष्टि जनाउदै सुनचादी व्यवासयीले बुझाए  ज्ञापनपत्र

सुनचाँदीमा लगाइएको करप्रति असन्तुष्टि जनाउदै सुनचादी व्यवासयीले बुझाए  ज्ञापनपत्र

सुनको  कारोवारमा लगाइएको करप्रति असन्तुष्टि जनाउदै कर पुनरावलोकनको माग सहित सुनचादी व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

सुनचाँदी व्यवसायी संघ, कैलालीको अगुवाइमा नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ सुदूरपश्चिम प्रदेशले संयुक्त रूपमा  बुझाएको ज्ञापन पत्रमा  सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मुल्य भन्दा बिक्री मुल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेकोले यस्तो प्रक्रिया व्यवसायमा घाटा पु¥याउने भन्दै यसमा पुनर्विचार गर्न माग गरिएको छ ।

व्यवसायीहरुले हाल लागू भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न माग गरेका छन् । व्यवसायीहरूले कर संरचना परिवर्तन नगरी पुर्ववर्ती अवस्था कायम राख्न समेत आग्रह गरेका छन् । उनीहरूले निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत  टीडीएस हटाउने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी मार्फत माग गरेका हुन्  ।

सुनचाँदी व्यवसायी संघ, कैलालीका अध्यक्ष यदु सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका सभापति सन्तोष सापकोटा, र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ सुदूरपश्चिम प्रदेशका सभापति कमलप्रसाद गौतमको संयुक्त हस्ताक्षरमा ज्ञापनपत्र बुझाइएको हो ।