धनगढी पोष्ट
मङ्गलबार, २७ जेठ २०८२ मा प्रकाशित
कैलाली जिल्ला बाढी पुर्व सुचना प्रणालीको बारेमा बुधबार धनगढीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बर्षायाम आउन लागेको र बर्षायाममा बाढीको जोखिम हुने हुदा पुर्व तयारी स्वरुप सामाजिक बिकासका लागि सचेत समाज ( सिएसएसडी ) ले सरोकारवालाहरुलाई पुर्व सुचना प्रणालीका बारेमा अभिमुखीकरण गरेको हो ।
हरेक बर्ष बर्षायाममा कैलालीमा बाढी आउने र पुर्व सुचना प्रणाली सशक्त भएमा जोखिम कम हुने भएकोले बाढी पुर्व सुचना प्रणालीको अभिमुखीकरण गरिएको सीएसएसडीका परियोजना सम्पर्क व्यक्ति क्रिम चौधरीले बताए । ‘बाढीको जोखिमको सही सुचना समयमै समुदायमा पुरयाउन सके जोखिम कम गर्न सकिन्छ ।’ सम्पर्क व्यक्ति चौधरीले भने ‘त्यसैले प्रभावकारी सुचना सम्प्रेणको वातावरण निर्माण गर्न अभिमुखीकरण संचालन गरेका हौं ।’
सो अवसरमा जल तथा मौसम बिज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर संजय कुमार साहले कैलालीका नौ स्थानमा जल मापन केन्द्र रहेको र ती स्थानहरुबाट संकलित सुचनाका आधारमा बाढीको जोखिमको सुचना समुदायमा पुरयाउने गरिएको बताए ।
बाढी जोखिमको सुचना प्रणालीलाई अझै बढी अझै प्रभावकारी बनाउन अझै बढी ठाउमा सुचना संकलन गर्ने तयारी भैरहेको बताउँदै इन्जिनिर साहले प्राप्त सुचनाका आधारमा दिनमा दुई पटक सुचना सम्प्रषण गर्ने गरिएको बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बिगतमा पनि बाढी पुर्व सुचना प्रणाली रहे पनि त्यसको समीक्षा गरेर अझै परिमार्जन गर्नु पर्ने बेला आएको बताए । निरन्तरको समीक्षा र परिमार्जनले बर्षायामको बेला बाढीबाट हुने जोखिम अझै कम गर्न सकिने प्रशासकीय अधिकृत जोशीले बताए ।
नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति लोकराज जोशीले बाढी पुर्व सुचना प्रणालीको अद्यावधिक गर्नका लागि छलफल गरे । सभापति जोशीले बाढी पुर्व सुचना प्रणालीमा सुचना संयन्त्रमा समावेश गरिने मुख्य सरोकारवालाहरुको सम्पर्क व्यक्ति र सुचना प्रणालीका बारेमा प्रस्तुति गरे ।
परियोजना संयोजक भरत बिकले कार्यक्रम संचान गरेका थिए भने वल्र्ड भिजनका बिपद जोखिम न्युनीकरण बिज्ञ लोकेन्द्र भट्टले कार्यक्रको उदेश्यका बारेमा प्रकाश पारेका थिए ।
मोफा जापान र वल्र्ड भिजन जापानको आर्थिक सहयोगमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सीएसएसडीको साझेदारीमा कैलालीका जानकी गाउपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा समुदयामा आधारित बिपद जोखिम न्युनीकरण परियोजना संचालन भैरहेको छ ।