धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025
आज बजेट प्रस्तुत हुँदै

सुदूरपश्चिम सरकारको बजेटमा पूर्वाधार प्राथमिकतामा

सुदूरपश्चिम सरकारको बजेटमा पूर्वाधार प्राथमिकतामा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिने भएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभा बैठकमा बजेट सार्वजनिक गर्नेछन् ।

बजेटको करिब आधा हिस्सा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन गरिएको बताइएको छ । मन्त्रालयका अनुसार दोस्रोमा शिक्षा र स्वास्थ्य, तेस्रोमा कृषि र चौथोमा उद्योग, पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ । 

यस वर्ष सांसदका योजनालाई दिइने बजेट बढाउने तयारी गरेको छ । प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोडबराबर र समानुपातिक सांसदलाई तीन करोडबराबरका योजनालाई बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष प्रत्यक्षका चार करोड र समानुपातिकलाई दुई करोडका योजनालाई बजेट विनियोजन गरिएको थियो । 

सरकारले चालु आर्थिक वर्ष ल्याएको ३१ अर्ब ५३ करोड ६६ लाखको बजेटमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ अर्ब ६४ करोड ८३ लाख बजेट पाएको थियो ।