धनगढी पोष्ट बुधबार, २३ पुष २०८२   January 7, 2026

सहकारी विभागको केन्द्रीय सदस्यमा बम मनोनित

सहकारी विभागको केन्द्रीय सदस्यमा बम मनोनित

धनगढी

   नेपाली कांग्रेसको केन्द्रीय सहकारी विभागमा सुदूरपश्चिम प्रदेशबाट भोजबहादुर बमलाई मनोनित गरिएको छ ।

   पार्टीको केन्द्रीय सहकारी विभाग विस्तारका क्रममा उनलाई सुदूरपश्चिमको प्रतितिनिधित्व गर्दै केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । लामो समयदेखि सहकारी आन्दोलनमा सक्रियरुपमा क्रियाशील बम यसअघि राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक रहिसकेका छन् ।

    बम नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि तथा कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुन् ।