धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

कैलालीमा जोर बिजोर प्रणाली लागु, राति पनि हिडन नपाईने

धनगढी

   गृह मन्त्रालयको निर्देशनपछि कैलाली जिल्लामा पनि रातिको समयमा हिडडुल गर्न नपाइने भएको छ । जिल्लाभरी नै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाईने भएको हो ।

  कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय लागु भएको बताए । उनले त्यसै अनुसार ब्यबस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिईएको बताए ।

 प्रजिअ वोहराले यस संगै कैलालीमा जोरबिजोर प्रणाली पनि लागु हुने बताए । अत्यावश्यक सेवामा भने यो निर्णय लागू नहुने प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए ।


ट्रेन्डिङ