धनगढी पोष्ट सोमबार, २७ असोज २०८३   October 12, 2026

ऐश्वर्यका शिक्षक भट्ट प्रादेशिक प्रतिभा पुरस्कार २०८१बाट पुरस्कृत हुने

ऐश्वर्यका शिक्षक भट्ट प्रादेशिक प्रतिभा पुरस्कार २०८१बाट पुरस्कृत हुने

भाषा–साहित्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०८१   ऐश्वर्य बिद्या निकेतन धनगढीका शिक्षक नरेन्द्र भट्टले पाउने भएका छन् ।

सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य र शिक्षण क्षेत्रमा क्रियाशील साहित्यकार नरेन्द्र भट्टलाई  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्तरिय निर्णयबाट उक्त पुरस्कार दिने निर्णय भएको हो ।

बैतडीको पाटन नगरपालिका–४, भट्टगाउँ निवासी भट्ट नेपाली विषयका शिक्षक हुन् । भट्टको २०५६ मा प्रकाशित ‘शहीद पुत्र’ खण्डकाव्य चर्चित कृति हो । उनका थुप्रै कविता, गजल तथा समसामयिक लेखहरू राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन् ।

भट्ट पछिल्ला वर्षहरूमा उनी समालोचना तथा अनुसन्धानमूलक लेखनमा समेत सक्रिय छन् ।