धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा थप ९ जनामा संक्रमण पुष्टी

सुदूरपश्चिममा थप ९ जनामा संक्रमण पुष्टी

धनगढी

 पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा ९ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

 पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा बाजुराका ३ जना, डडेलधुरा अस्पतालमा गरिएको परिक्षणमा बैतडीका १ जना र डोटीका दुई जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

 त्यसैगरी पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको तीन सय २० जनाको स्वाव परिक्षणमा दुई जनामा कारोना भाइरस संक्रमण पुष्टी भएकोहो ।

 संक्रमण पुष्टी हुनेमा कैलालीको टिकापुर नगरपालिका१ का २९ बर्षे पुरुष र अछामको साँफेबगर नगरपालिकाका १ जना पुरुष रहेका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ७ सय ४६ पुगेको छ ।