धनगढी पोष्ट
शुक्रबार, २३ साउन २०७७ मा प्रकाशित
धनगढी
दिनेश फाउण्डेसनको आयोजनामा रक्रदान कार्यक्रम भईरहेको छ । फाउण्डेसनको बार्षिक कार्यक्रम अन्र्तगत रक्रदान कार्यक्रम भईरहेको फाउण्डेसनका अध्यक्ष श्याम हमालले बताए । उनले पछिल्लो समयमा देखिएको रगत अभावलाई केही हदसम्म भएपनि यसले सहयोग पुग्ने बताए ।
आज बिहान ८ बजेबाटे रक्तदान कार्यक्रम शुरु भएको थियो । दिनेश ग्रुपद्धारा संचालित दिनेश फाउण्डेसनले आयोजना गरेको यो आठौ रक्तदान कार्यक्रम हो । फाउण्डेसनले रक्तदान, सरसफाई, लगायत बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।
रक्तदान कार्यक्रममा दिनेश ग्रुपसंग आवद्ध कर्मचारी लगायत अन्य बिभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको छ ।