सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण पुष्टी

सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी

 सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधीमा थप १७ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

 सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ४ सय ४९ जनाको स्वाव परिक्षण गरिएकोमा ९ महिला र ८ पुरुष गरी १७ जनामा संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

 उनका अनुसार कैलालीका १६ जना र कञ्चनपुरका १ जनामा आज संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा टिकापुर नगरपालिकाका ७ पुरुष र ५ महिला गरी १२ जना, गोदावरी११ का दुई महिला र १ पुरुष गरी ३ जना र धनगढी १२ का एक जना महिलामा संक्रमण पुष्टी भएको हो । उनका अनुसार कञ्चनपुरको भित्रदत्त  नजगरपालिकाका १ जना महिलामा संक्रमण पुष्टी भएको छ ।