धनगढी पोष्ट
बुधबार, २८ जेठ २०७७ मा प्रकाशित
कैलाली
सुदूरपश्चिममा पाँच दिनदेखि रोकिएको स्वाब संकलन कार्य बुधबारदेखि पुनः सुरु भएको छ। सुदूरपश्चिममा रहेको एक मात्र धनगढी प्रयोगशालामा स्वाबको चाप बढेपछि निर्देशनालयले पाँच दिनका लागि स्वाब संकलनमा रोक लगाएको थियो । गत शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले रोक लगाएको हो।
क्वारेन्टाइनमा बसी आरडिटी पोजेटिभ देखिएका र शंकास्पद लक्षण देखिएका नागरिकहरुको बुधबारदेखि स्वाब संकलन सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
प्रयोगशालाले दैनिक २५० जनाको मात्र परीक्षण गर्न सक्ने जनाउँदै एक हजार वटा भन्दा बढी नमूना मौज्दात रहेको भन्दै स्वाब संकलन गर्न शुक्रबार आफू मातहतका निकायलाई निर्देशनालयले परिपत्र गरेको थियो । संकलन भएका नमूनाको लामो समयसम्म परिक्षण नगर्दा बिग्रिने तथा रिपोर्ट गलत देखाउने समस्या आउने सम्भावना रहेको स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए। उननले अझै पनि प्रगोगशालामा एक हजार ६०० नमुना रहेको बताए।