धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा झण्डै ४० हजारको पिसिआर परिक्षण

सुदूरपश्चिममा झण्डै ४० हजारको पिसिआर परिक्षण

धनगढी

  सुदूरपश्चिम प्रदेशमा शुक्रबार सम्म झण्डै ४० हजारको पिसिआर परिक्षण गरिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म संकलित ४० हजार ५ सय ३७ थ्रोट स्वाव नमुना मध्य शुक्रबार सम्म ३९ हजार ८३ को परिक्षण भई नतिजा आएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

 उनका अनुसार संकलित स्वाव मध्य अब १४ सय ५४ स्वावको  रिपोर्ट आउन वाँकी रहेको छ । परिक्षण भएका मध्य शुक्रबार सम्म ४  हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको कार्कीले जानकारी दिए । जसमा ११ सय ६७ महिला र ३५ सय ९३ पुरुष रहेका छन् ।

महाशाखा प्रमुख कार्कीका अनुसार सुदूरपश्चिम प्रदेशमा संक्रमण पुष्टि भएका मध्य शुक्रबार सम्म ३ हजार ९ सय ३८ जना डिष्चार्ज भैसकेका छन् । हाल प्रदेशका बिभिन्न अस्पतालका आईशोलेशनमा ७७ जना रहेका छन् भने वाँकी स्थानीय तहले निर्माण गरेका आईसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।

  सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट शुक्रवार मात्र दुई सय ७६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । शुक्रवार कैलालीका दुई सय २२, अछामका ५३ र बैतडीका एक जनालाई डिस्चार्ज गरिएको महाशाखा प्रमुख कार्कीले जानकारी   दिए ।