धनगढी पोष्ट
बिहिबार, १५ साउन २०८२ मा प्रकाशित
नेपाल चेम्बर अफ कमर्सको धनगढी उपमहानगरपालिकानगरपालिका कर्यसमिति प्रमोद थापाको अध्यक्षतामा गठन भएको छ । नवगठित कार्यसमितिले बुधवार धनगढीमा पद तथा गोपनियताको सपथ लिएको छ ।
नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष लोकेन्द्र भट्टले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
चेम्बर अफ कमर्सको नगर काष्यसमितिको उपाध्यक्षम (वाणिज्य ) मनोज पडाल, उपाध्यक्ष (उद्योग ) विष्णुदत्त बडु, सचिव गजेन्द्र बहादुर शाह, कोषाध्यक्ष उज्वल बुर्लाकोटी र सदस्यमा जिवन पोखरेल, दिपक थापा, रुकुम सिंह धामी र प्रतीक विष्ट चयन भएका छन् ।
सपथ ग्रहण कार्यक्रमम नवनिर्वाचित अध्यक्ष थापाले प्रमोद थापाले संगठनलार्य सामूहिक भावना अनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले सबै व्यवसायीहरुको साझा संस्था बनाउने गरि काम गर्ने समेत बताए ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको प्रमुख आथित्यता र चेम्बर अफ कमर्सका प्रदेश उपाध्यक्ष लोकेन्द्र भट्टको अध्यक्षतामा भएका उक्त कार्यक्रममा
नेपाल बीउ व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष बिष्णु बुर्लाकोटी, कैलाली उद्याग वाणिज्य संघका पाध्यक्ष पुष्कर ओझा, कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष लक्ष्मण पन्त, बिद्युत व्यवसायी संघका अध्यक्ष शिव कुमार जोशी फुलारा, वडा नम्बर ३ काअ अध्यक्ष राज बहादुर ऐर, नेपाल चेम्बर अफ कमर्सका प्रदेश उपाध्यक्ष थक बहादुर शाह, होलसेल व्यवसायी संघ कैलालीका अध्यक्ष बीर बहादुर कार्की, कैलाली बितरक संघका अध्यक्ष सिद्धराज पनेरुले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सचालन रिवन प्रसाद भट्टले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीले व्यक्त गरेका थिए ।