कैलाली कारागारमा झडप, एक  जनाको मृत्यु

कैलाली कारागारमा झडप, एक  जनाको मृत्यु

कैलाली कारागारमा  झडप भएको छ । प्रहरी श्रोतका अनुसार शनिबार बिहान भएको झडपमा परी १ जना कैदीको मृत्यु भएको छ भने कम्तिमा ४० जना अस्पताल भर्ना भएका छन् । झडपमा परी अन्दाजी ३८ बर्षिय भरत चौधरीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए

बिहीबार कैलाली कारागारबाट तीन जना कैदीलाई अन्यत्र सारिएपछि शुरु भएको विवादकै सिलसिला शुक्रबार राती देखि दोहोरिएको प्रहरीको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीका अनुसार बिहीबर भुपेन्द्र हत्या प्रकरणमा जोडिएका तीन जना कैदीको सरुवा गरेपछि सुरु भएको विवादले शनिबार राती उग्र रुप लगेको हो । बिहीबार देखि नै आन्दोलित बनेका कैदी विच शुक्रबार राती देखि कुटकुट भएको सूचना अधिकारी जोशीले बताए घटनाको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए ।

कारागारमा कैदीको संख्या अत्याधिक हुँदा यस्ता घटना हुने गरेको सूचना अधिकारी जोशी बताउनु हुन्छ । शुक्रबार राती करिव १० बजे  शुरु भएको विवादले शनिबार बिहान १ बजेपछि उग्र रुप लगेको थियो ।