धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

श्वासप्रश्वासमा समस्या देखिएकी महिलाको मृत्यु

धनगढी

   श्वासप्रश्वासमा समस्यामा देखिएपछि अस्पताल भर्ना भएकी महिलाको मृत्यु भएको छ ।

  डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ की अन्दाजी ३८ वर्षीया महिला श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिईन् ।

  डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए ।

 महिलाको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । उनको कोरोना परीक्षण गरिने भएको छ । सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले मृतकको आज स्वाब संकलन गरेर परीक्षण गरिने जानकारी दिए ।