धनगढी पोष्ट मङ्गलबार, २८ असोज २०८२   October 14, 2025

सशस्त्र प्रहरीद्धारा भसार छलीको ५९ लाख ७३ हजार मुल्यको मोबाइल पार्टस बरामद

सशस्त्र प्रहरीद्धारा भसार छलीको ५९ लाख ७३ हजार मुल्यको मोबाइल पार्टस बरामद

धनगढी । सशस्त्र प्रहरी बलले कैलालीको धनगढी उपमहानगरपालिा वार्ड नम्बर १९ फुलबारी गाउँबाट भारतबाट अवैध रुपमा भित्र्याएर राखिएको ५९ लाख ७३ हजार मुल्को मोबाइल पार्टस बरामद गरेको छ ।

बिशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टरबाट सशस्त्र प्रहरी नायब उपरिक्षक साजेन्द्र प्रसाद श्रेष्ठको  कमाण्डमा खटिएको टोलीले आइतबार दिउसो साढे १२ बजे भन्सार छली नेपाल भित्रयाइ बेवारिसे अवस्थामा राखिएको मोबाइ पार्टस बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।  

बरामद सामानमा १० पोका मोबाइल पार्टस, डाटा केवल र वायरलेस ब्लुटुथ रहेको छ । बरामद सामान  आवश्यक कारवाहीको लागि सत्ती भन्सार कार्यालय खक्रौलालाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।