धनगढी पोष्ट
आइतबार, २५ साउन २०७७ मा प्रकाशित
धनगढी
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
आइतबार दिउँसो ३ बजे सम्म ३ सय ५२ जनाको स्वाव परिक्षणमा कोरोना पुष्टी हुने सवै तीन जना धनगढी उप–महानगपालिकाका रहेका छन् ।
सेती प्रादेशिक अस्पतालले जारी गरेको कोरोना भाइरसको उपचार र परिक्षण सम्बन्धी पछिल्लो विवरण अनुसार कोरोना पुष्टी हुनेमा धनगढी उप महानगरपालिका–४ का २७ र २८ बर्षे दुई पुरुष तथा वडा नम्बर–८ का ४० बर्षे पुरुष रहेका छन् ।