धनगढी पोष्ट मङ्गलबार, २४ भदौ २०८२   September 9, 2025

निषेधाज्ञा तोड्दै सुदुरपचिम प्रदेश बन मन्त्रालयको प्रतिक्षालयमा आगजनी, तीन मोटरसाइलक जलाइए

निषेधाज्ञा तोड्दै सुदुरपचिम प्रदेश बन मन्त्रालयको प्रतिक्षालयमा आगजनी, तीन मोटरसाइलक जलाइए

धनगढी ।  स्थानीय प्रशासनले निषेधाज्ञा लगाएकै बेलमा जेनजी  युवाहरुले  सुदुरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आगन्तुवक छहारीमा आगजनीगरेका छन् । उनीहरुले मन्त्रालयका तीन मोटरसाइकल समेत जलाएका छन् ।

प्रशासनले निषेधाज्ञा तोकेको मन्त्रालयको क्षेत्रमा प्रवेश गरेर उनीहरुले मन्त्रालयको कार्यालयका अगाडी रहेको प्रतिक्षालयमा आगजनी गरेका हुन् । उनीहरुले मन्त्रालयमा रहेका तीन सरकारी मोटरसाइल बाहिर सडकमा ल्याएर आगजनी गरेका छन् ।

स्थानीय प्रशासनले निषेधाज्ञा तोकेको क्षेत्र भए पनि मन्त्रालयकाको क्षेत्रमा सुरक्षाकर्मीेको उपस्थिति थिएन ।