धनगढी पोष्ट
मङ्गलबार, २४ भदौ २०८२ मा प्रकाशित
धनगढी । जेएनजी आन्दोलनकारीले सुदूरपश्चिम प्रदेशसभा सचिवालय भवन आगजनी गरेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञाा जारी गरेकै बेलाल जेएनजी युवाहरुले प्रदेशसभा परिसरमा प्रवेश गरी ढुंगामुढा गर्नुका साथै कार्यालयका कागजात र सामग्रीमा आगजनी गरेका हुन् ।
आन्दोलनको दोश्रो दिन मंगलबार उनीहरु प्रदेश सभामा प्रवेश गर्नलखोजेपछि केहीबेर प्रहरीसँग तनाव भएको थियो ।
जेएनजीको तोडफोड र आगजनीका कारण भवनको केही भाग क्षति भएको र महत्वपूर्ण कागजात नष्ट भएको छ ।