धनगढी पोष्ट
मङ्गलबार, २४ भदौ २०८२ मा प्रकाशित
धनगढी । कैलाली कारागारका सवै कैदी निस्केका छन् । आन्दोलनमा उत्रिएका जेनजी सहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् ।
जेनजी समुहले कैलाली कारागार नियन्त्रणमा लगेर आक्रमण गर्ने धम्किदिएपछि कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीले गेट खुला गरेर छोडेका थिए । कारागारको गेट छोडेपछि जेनजीले कारागारका गेट खोलेर कैदीलाई बाहिर निकालेका हुन् ।
साउन २१ गतै कैलाली कारागारमा रहेका कैदी बन्दीबिच झडप हुँदा एक जनाको मृत्यु हुनका साथै ४९ जना घाइते भएका थिए । घाइते भएका मध्य १९ जना अझै पनि कारागार पुनस्थापना हुन सकेका थिएनन् । उनीहरुलााई धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना उपचार घरमा राखिएको छ ।
कैलाली कारागारमा हाल साढे छ शय कैदीबन्दी छन् ।