धनगढी पोष्ट बिहिबार, १२ भदौ २०८३   August 27, 2026

कारागारबाट  भागेका कैदी दोश्रो दिन नै फेरि बलात्कार मुद्धामा पक्राउ

जेएनजी आन्दोलनका क्रममा जिल्ला कारागार कन्चनपुरबाट भागेका एक कैदी दोश्रो दिन नै  बलात्कार प्रयासको मुद्धामा पक्राउ परेका छन् । कन्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनार फेरि बलात्कारकै प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

सुनारलाई दोधाराचादनी नगरपालिकाकै एक ५० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । गत बुधबार खाना खाएर सुतेकी ती महिलालाई सुनारले जबरजस्ती गर्न खोजेपछि ती महिला चिच्याएपछि सुनार भागेका थिए । भाग्दै गरेका सुनारलाई स्थानीयले खेतबाट नियन्त्रणमा लिएर प्रहरीकहा बुझाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख तथा एसपी खडकबहादुर खत्रीका अनुसार, स्थानीयले पक्राउ गरेर बुझाएका उनलाई अहिले कारागारमा राखिएको छ ।

सुनार यसअघि पनि बलात्कै कसुरमा जेल परेका व्यक्ति रहेको बोहराले बताए । एक महिलालाई बलात्कार गरेको घटनामा उनलाई अदालतले दोषी ठहर गरेर ९ वर्ष कैद सजाय तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता सागर बोहराका अनुसार कन्चनपुर कारागारमा ४७९ कैदीबन्दी थिए । तीमध्ये २१ जना बाहेक सबै कैदीबन्दी फरार भएका थिए ।