धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

दसैँको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको जनाएको छ। 

त्यस्तै असोज ६ गते सोमबार घटस्थापना दिन बिहान ९ बजेर १३ मिनेटमा जमरा राख्ने उत्तम साइत रहेको समितिको भनाइ छ।

सरकारी कार्यालयमा झन्डा फेर्न असोज ७ गते ९ बजेर ५३ मिनेटमा साइत रहेको र असोज १३ गते बिहान ७  : १५ बजे फुलपाती भित्र्याउने साइत रहेको समितिले जनाएको छ।