धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

नेपाल वाल संगठनद्धारा वाढी पीडितलाई राहत हस्तान्तरण

नेपाल वाल संगठनद्धारा वाढी पीडितलाई राहत हस्तान्तरण

धनगढी

  नेपाल वाल संगठन कैलालीले साउन १२ गतेको बाढीमा डुवानमा परेका कैलालीका पुर्वी क्षेत्रका बासिन्दालाई राहत सामाग्री वितरण गरेको छ ।

  १२ गतेको अबिरल बर्षा पछि डुबानमा परि खाधन्न लगायतका अन्य सामग्रीमा  क्षति पुगि विभिन्न स्थानमा अस्थायी रुपमा बसिरहेका टिकापुर नगरपालिका, भजनी नगरपालिका र  जोशीपुर गाउँपालिकाका बाढी पीडितलाई वाल संगठनले १ लाख बराबरको राहत सामाग्री बितरण गरेको हो ।

   दाल, साबुन र माक्स हस्तान्तरण गरिएको बाल सगठन कैलालीका अध्यक्ष भुवनेश्वर पन्तले जानकारी दिए । उक्त सामाग्री  टिकापुरमा उपमेयर केशरी बिष्ट , जोशीपुरमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र भजनीमा नगरप्रमुख र उपप्रमुखलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको वाल संगठन धनगढीका सचिव नृप सुनारले जानकारी दिए ।

   हस्तान्तरण  कार्यक्रममा नेपाल बाल सगठन धनगढीका सचिब नृप सुनार, सदस्य रत्ना बिष्ट , टोपराज जोशी, सिताराम जोशी र नेत्रप्रसाद उपाध्यायको उपस्थिती रहेको  थियो ।