धनगढी पोष्ट सोमबार, ०३ कार्तिक २०८२   October 20, 2025

संजिवनी मोबाइलद्धारा विस्तारित सेवा शुरु

संजिविनीले सेवा विस्तार गरेसँगै अब ब्राण्डेड र गुणस्तरिय मोबाइलको खरिदका लागि बाहिर जानु  पर्ने अवस्था अन्त्य भएको छ : बम

संजिवनी मोबाइलद्धारा विस्तारित सेवा शुरु

धनगढी ।  मोबाइल फोनको सेवा प्रदान गर्दै आइरहेको संजिवनी मोबाइलले आइतबारदेखि सेवा विस्तार गरेको छ । गुणस्तरिय मोबाइल, मोबाइल पार्ट्स र सर्भिसको गुणस्तरिय सेवालाई एकै ठाउँबाट  सुविधा सम्पन्न भवनबाट अझै विस्तारित रुपमा दिन थालेको हो ।

बिस्तारित सेवाको पतन्जली योग समिति नेपालका मुख्य केसन्द्रय प्रभारी लवदेव मिश्रले उद्घाटन गरेका हुन् ।

संजिविनीले सेवा विस्तार गरेसँगै अब ब्राण्डेड र गुणस्तरिय मोबाइलको खरिदका लागि बाहिर जानु  पर्ने अवस्था अन्त्य भएको संजिवनी मोबाइलका प्रोप्राइटर सुवास बम बताउँछन् । 

जुन समानका लागि काठमाण्डौं र दिल्ली  जानु पथ्र्यो, ती सामान पनि यही उपलव्ध हुन्छन् ।  अब सबै ब्राण्डका  गुणस्तरिय मोबाइल एकै ठाउँमा पाइन्छन् ।’ संजिवनी मोबाइलका प्रोप्राइटर सुवास बम भनछन्  ‘नेपालमा जति मोबाइलका ब्राण्ड लन्च भएका छन्, ती सबै मोबाइल, ग्याजेट र पार्ट्स पनि यही पाउन सकिन्छ ।’

पहिले ग्राहकको मागका आधारमा मात्र सामान राखेको र  अहिले ग्राहकको लेबल बढ्दै गएपछि काठमाण्डौं  र दिल्ली गएर गुणस्तर मोबाइलहरु ल्याउनु  पर्ने अवस्थाको अन्त्य गर्न बिश्वमै नाम चलेका ब्राण्डहरु  थपेर यही सेवा बिस्तार गरिएको बमले बताए ।

धनगढीको बसपार्क निकासनिर १८ बर्ष अघि संजिवनी मोबाइलले सेवा शुरु गरेको थियो ।

संजिवनीमा पुराना अनुभवी प्राविधिकबाट मोबाइलको मर्मत हुने गरेको बमले बताए ।  ‘हामीसँग नेपालको पुराना अनुवभी प्राविधिक छन्मोबाइल मर्मत गर्ने मेशीन पनि ल्याएका छौं ।’ बमले भने  ‘अनुभव र मेशीनको  उपस्थितिले अझै भरपर्दो मर्मत सेवा पाउनु हुन्छ ।’

सेवा बिस्तारको अवसरमा संजिवनीले ग्राहकहरुलाई प्याकको व्यवस्था पनि गरेको छ । एक लाख भन्दा बढीको मोबाइलमा फेमिली प्याकपचास हजार भन्दा बढीको खरिदमा कपल प्याक र दश हजार भन्दा बढीको मोबाइल खदिमा सिंगल प्याकका व्यवस्था  गरिएको बताउँदै बमले भने ‘संजिवनीको नजीकै रहेको क्याफेमा ती प्याक अनुसारका खानेकुराहरुको सेवा पाइनेछ ।’

धनगढीका ग्राहकहरुले अब संजिवनबाट अनलाइन मार्फत नै मोबाइल अर्डर गर्न समेत सक्नेछन् । ‘लन्चिङको बेलादेखि थप सुविधा छ ।’ अब अनलाइनबाट नै आफुलाई चाहिने सामानको अनलाइन भुक्तानी गरेर अर्डर गरेमा धनगढी भित्रमा घरमै पुरयाइनेछ ।   

संजिवनी मोबाइलका संरक्षक नर बहादुर बमको अयक्षतामा भएको उद्घाटन कार्यक्रममा पतन्जली योग समिति नेपालका मुख्य केसन्द्रय प्रभारी लवदेव मिश्र र कैलाली उद्योग वाणिज्य संघका अध्यष पुष्कर ओझाले मन्तव्य व्यक्त गरेका हुन् ।