धनगढी पोष्ट
शुक्रबार, ०७ कार्तिक २०८२ मा प्रकाशित
दार्चुलाको मार्मा गाउँपालिकामा शुक्रवार बिहान भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मार्मा गाउँपालिका ३ दानीखेतमा भएको दुर्घटना सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दुर्घटना हुदा ३४ वर्षीय करबिर सिंह ठगुन्नाको मृत्यु भएको मार्मा गाउँपालिका ३ का वडाध्यक्ष धिरेन्द्र धामीले बताए ।
मार्माको लटिनाथबाट सासी गइरहेको जीप दुर्घटना हुदा घाइते भएका ठगुन्नालाई गाडीको बीच सिटमा बेहोस अवस्थामा फेला पारिएको थियो । ठगुन्नालाई उद्धार गरेर स्वास्थ्य चौकी लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिप कसले चलाएको हो र कसरी दुर्घना भयो भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।