धनगढी पोष्ट
शुक्रबार, ०७ कार्तिक २०८२ मा प्रकाशित
धनगढी । कैलालीको रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहमा डुबेर दुई जूम्ल्याहा दिदी बहिनी सहित तीन बालिकाको मृत्यु भएको छ ।
जानकी गाउँपालिका १ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर शुक्रवार दिउसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । नहरमा डुबेका उनीहरुको टीकापुर अस्पतालमा उपचारकै क्रममा मृत्युु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले नदीमा डबेर जानकी गाउँपालिका १ की जुम्ल्याहा दिदी बहिनीहरु १० वर्षीया मानसी बजगाई र निशा बजगाईका साथै लम्कीचुहा नगरपालिका ३ की१२ वर्षीय डम्मरा उपाध्यायको मृत्यु भएको बताए ।