धनगढी पोष्ट आइतबार, ०९ कार्तिक २०८२   October 26, 2025

जालमा अडिकएर मृत भेटिए लम्कीचुहाका वासिन्दा

जालमा अडिकएर मृत भेटिए लम्कीचुहाका वासिन्दा

धनगढी  । कर्णाली नदीको किनारामा माछा मार्ने जालमा पानीमा घोप्टो अवस्थामा अड्किएर एक लम्की चुहा नगरपालिकाका एक जना मृत अवस्थामा फेला परेका छन् ।

लम्कीचुहा नगरपालिका वडा न. २ बलियाका ४८ वर्षीय मान बहादुर बुढा पितमारी स्थित कणाली नदीमा जालमा अडिकएर मृत अवस्थामा शुक्रवार दिउसो फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।