धनगढी पोष्ट
बिहिबार, १३ कार्तिक २०८२ मा प्रकाशित
धनगढी । बैतडीको मेलौली नगरपालिकामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् ।
मेलौली नगरपालिका( ७ सुनासानी स्थित पाटन पञ्चेश्वर सडकखण्डमा बुधबार राति ११ बजेतिर से १ ज ७३२ नम्बरको जीप जीप दुर्घटना हुदा मेलौली नगरपालिका(२ बस्ने २३ वर्षीय तुलसी कलौनी पाण्डेको मृत्युु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराका अनुसार दुर्घटनामा दशरथचन्द नगरपालिका(७ का ३४ वर्षीय जनक बडु, मेलौली २ का ४३ वर्षीय डम्बरदत्त पाण्डे, ३४ वर्षीय हरिश पाण्डे र २८ वर्षीय ओम पाण्डे घाइते भएका छन् ।
घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।