विप्लव नेतृत्वको नेकपाका नेता ओमप्रकाश पुन कारागार चलान

विप्लव नेतृत्वको नेकपाका नेता ओमप्रकाश पुन कारागार चलान

धनगढी

   विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन् ।  असार ३१ गते श्रीमती सहित धनगढीको कनरीबाट पक्राउ परेका नेता पुन आज कारागार चलान भएका हुन ।

   जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसपछि पुनसँग ५० हजार धरौटी माग गरिएको र धरौटी नबुझाएपछि कारागार चलान गरिएको छ । पुनलाई ५० हजार धरौटी तारेखमा छोड्ने आदेश भएको थियो अदालतका सूचना अधिकारी नरबहादुर नेगीले भने– ‘धरौटी नबुझाएपछि कारागार चलान हुनुभएको छ ।

 जिल्ला प्रहरी कार्यालयको टोलीले असार ३१ गते कटुवा पेस्तोल र गोली सहित पुन र उनकी श्रीमती पूर्णिमा धामीलाई पक्राउ गरेको थियो ।