धनगढी पोष्ट आइतबार, १६ कार्तिक २०८२   November 2, 2025

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी सुदुपश्चिम प्रदेशको अध्यक्षमा पुनः साउद

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी सुदुपश्चिम प्रदेशको अध्यक्षमा पुनः साउद

धनगढी । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी सुदुपश्चिम प्रदेशकोको प्रथमसाधारण सभाले  पुन एशियन लाइफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रदेश प्रमुख गणेश बहादुर साउदको नया कार्यसमिति चयन गरेको छ ।

धनगढीमा भएको साभारण सभाले सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्ष सन नेपाल लाइफ इन्स्योरेन्सका लक्ष्मीकान्त जैशी, महासचिव आइ. एम. ई. फाइफ इन्स्योरेन्सका सुमन तिमिल्सेना, सचिव नेशनल लाइफ इन्स्योरेन्सका नवीन किशोर भट्ट र कोषाध्यक्ष सिटीजन लाइफ इन्स्योरेन्सका गंगाराम जोशीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यमा नेपाल लाइफ इन्स्योरेन्सका दिपक भट्ट, रिलायन्स लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख चन्द्र बिष्ट, लाइफ इन्स्योरेन्स कम्पनीका नेपालका  प्रदेश प्रमुख लाल बहादुर ऐर र माइको लाइफ इन्स्योरेन्सका प्रकाश चन्द्र जोशी चयन भएका छन् ।

समितीले सलाहकार समितीमा सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सका गणेश उप्रती, सुर्यज्वती लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख मोहन पुरी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख पदम राना र लिमालयन लाइफ इन्स्योरेन्सका प्रदेशप्रमुख परमानन्द पन्तलाई चयन गरेको छ ।

कार्यक्रममा  प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक नवीन कठाइत र विशिष्ट अतिथि निप्स  नन लाइफका अध्यक्ष सुनिल श्रेष्ठ रहेका थिए । 

समितिका लागि आवश्यक उपसमिति र सदस्यहरु  पछि गठन गरिने नवनिर्वाचित अध्यक्ष साउदले बताए ।पेशागत आपसी समिप्यता, पेशागत अनुभव, शेयर बिमा सम्बन्धी जागरण, अस्वस्थ प्रतिस्प्रर्धालाई निरुसाही पार्न मेलमिलाप, जीवन बिमा कम्पनी तर्पmका कर्मचारीहरुलाई सदस्यता विस्तार गरेर अघि बढ्न तर्फ प्रेरित गर्ने समितिको उदेश्य रहेको छ ।