धनगढी पोष्ट मङ्गलबार, १८ कार्तिक २०८२   November 4, 2025

श्रोत नखुलेको नेपाली २८ लाख नगद सहित २ भारतीय नागरिक पक्राउ

श्रोत नखुलेको नेपाली २८ लाख नगद सहित २ भारतीय नागरिक पक्राउ

धनगढी । कैलालीमा स्रोत नखुलेको २८ लाख बढी रकमसहित २ भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता पक्राउ परेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको छ । उनीहरु सवार युपी ३१ सिएन ११७५ नम्बरको कार पनि प्रहरीले बरामद गरिएको छ ।

उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।