धनगढी पोष्ट 
                                मङ्गलबार, १८ कार्तिक २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । धनगढी स्थित शिवपुरी धाममा हरिहर चतुर्दशी अनुष्ठानका अवसरमा ११ करोड दीप प्रज्वलन गरिने भएको छ । 
श्रीमद् हरीहर चतुर्मास अनुष्ठान शिवपुरी धर्मात्सव समितिका अनुसार कार्तिक १९ गते चतुर्मास अनुष्ठान गरिने छ । सो अवसरमा ११ करोड दीप प्रज्वलन गर्ने तयारी अन्तिम चरणमा पुगेको अनुष्ठानमा संकल्पकर्ता सत्यराज अवस्थीले बताए ।
उनका अनुसार भत्तजनले घरमै तयार पारेको दीप अनुष्ठानका अवसरमा प्रज्वलन हुने छ । ‘हरिबोधनी एकदशी देखि नियनिम भगवान विष्णुको पूर्जा गर्दै गरेका भक्तजनले घरमा दीप तयार पारेका छन्,’ अवस्थीले भने, ‘सो दीप भिजाउने कार्य भइरहेको छ, १९ गते वृहत प्रज्वलन सहित अनुष्ठान समापन गरिने छ ।’
धनगढी–४ की माया घिमिरेले चार महिना सम्म भगवान विष्णुको नित्य पूजा गरी भव्यताका साथ चतुर्मासमा समापन गर्न पाउँदा खुशी लागेको बताइन् । भक्ति र साधनाले मानिसलाई अनुशासित बनाउनुका साथै आत्म सन्तुष्ट बनाउने गरेको उनको भनाई छ । युवा पिढिलाई पनि भक्ति  र साधनामा जोडन्सके अपराधिक कृयाकलापमा कमि आउन सक्ने उनको अपेक्षा छ । नयाँ पिढिलाई अनुशासित र संस्कारी बनाउन घर देखिनै भत्तीको भावना जगाउन सक्नु पर्नेमा उनले जोड दिइन् ।