धनगढी पोष्ट शनिबार, २९ कार्तिक २०८२   November 15, 2025

कैलाली कन्चनपुरबाट ३ लाख १० हजारका भन्सार छलीका सामानबरामद

कैलाली र कन्चनपुर जिल्लाको बिभिन्न स्थानबाट भारतबाट भन्सार छली गरेर ल्याइएको अन्दाजी तीन लाख १० हजार मुल्का सामान प्रहरीले बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाबाट २ लाख २५ हजार  र कन्चनपुरको भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका र दोधारा चादनी नगरपालिकाबाट ९५ हजार १ शय तीस रुपैयाका अवैध सामान प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

सुदुरपश्चिम प्रदेश प्रहरीकार्यालयका अनुसार  धनगढीको वडा नम्बर २ को नलका घाटबाट भन्सार छली ल्याइएका सुटपिस, मखमल साडी लगायतका सामान  नियन्त्रणमा लिएको हो ।

त्यस्तै भीमदत्त नगरपालिकाको वडा नम्बर ५ शान्ति निकेतन नजीक, बेलौरी नगरपालिका वडा नम्बर १० भसडा सडकघाट र दोधारा चादनी नगरपालिका वडा नम्बर छ पुरानो बस्ती नजीकबाट अवैध सामान नियन्त्रणमा लिइएको हो । ती ठाउँहरुबाट चिनी, खानेतेल, सुर्ती, प्लाष्ठिक कुर्सीट्याक्टरको बेरिङ, जाली किला लगायतका सामान बरामद गरिएको हो ।