धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

बैतडीमा पसलमा लुकाइ छिपाइ राखेको लागु औषध सहित पसल संचालक ऐर पक्राउ

धनगढी ।  बैतडी जिल्लामा खुद्रा पसलका लुकाइ राखिएको लागु औषध (चरेश) सहित पसल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाटन नगरपालिका २ सिलङ्गामा संचालनमा रहेको किराना मसलमा लुकाई छिपाइ राखिएको २३ ग्राम लागु औषध (चरेश) सति पसल संचालक ३० बर्षीय सुरेश सिंह ऐरलाई नियन्त्रणमा लिइएको सुदुरपश्चिमाञ्ल प्रहरी कार्यालयले जनाएको छ ।

घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।   

बैतडी, पाटन न. पा. २ सिलङ्गा स्थित सोही ठाउ बस्ने बर्ष ३ को सुरेस सिंह ऐरले संचालन गरेको खुद्रा पसलमा खानतलासी गर्दा पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा २३ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।