धनगढी पोष्ट
मङ्गलबार, २७ साउन २०७७ मा प्रकाशित
धनगढी
आज पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार खण्डबृष्टि हुने भएकोले पानी परिरहेको स्थानको नजिकै अर्को ठाउँमा नपर्ने संभावना रहेको छ । आज सुदूरपयिश्चम प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार आज दिउँसोसुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै गण्डकी प्रदेशमा पनि ठूलो पानी पर्ने छ ।
अहिले बदली भएको धेरै ठाउँको मौसम विस्तारै खुलेपनि बेलुकातिर फेरि पानी पर्ने सम्भावना छ ।