धनगढी पोष्ट
शनिबार, २९ कार्तिक २०८२ मा प्रकाशित
सुदुरपश्चिमका कैलाली सहितका तीन जिल्लाबाट प्रहरीले भारतबाट भन्सार छली ल्याइएका ३ लाख ७७ हजार मुल्यका सामानहरु नियन्त्रणमा लिएको छ ।
प्रहरीले कैलालीबाट ९१ हजार, कन्चनपुरबाट १ लाख ८२ हजार ६ शय र बैतडीबाट १ लाख ४ हजार ४ शय मुल्यका भन्सार छलीका सामानहरु निउन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरीलकार्यालयले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचौकबाट भारतबाट भन्सार छली ल्याइएका साडी, सुठपिस, कुर्ति, धोती, सल, बेल्ट लगायथका सामानहरु वेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ ।
कन्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका कस्मेटिक, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
त्यस्तै, बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित घुमापिपलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका बिडी, मोटसाइकल थान ९१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।