धनगढी पोष्ट शुक्रबार, ०५ मङि्सर २०८२   November 21, 2025

२० ग्राम ६१० मिलिग्राम लागु आषैध सहित ४ मोटरसाइकल र ९ जना पक्राउ

२० ग्राम ६१० मिलिग्राम लागु आषैध सहित ४ मोटरसाइकल र ९ जना पक्राउ

कैलालीका तीन ठाउँबाट प्रहरीले २० ग्राम ६१० मिलिग्राम लागु औषध सहित नौ जनालाई पक्राउ गरेको छ । लागु औषध बोक्न प्रयोग भएका चार मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको धनगढीबाट लागु औषध सहित तीन जना र दुई मोटरसाइकल, भजनी नगरपालिकामा एक मोटरसाइकल सहित दुई जना,गोदावरी नगरपालिकामा एक मोटरसाइकल सहित दुई जना र  लम्कीचुहा नगरपालिकामा  लागु औषध सहित दुई जनालाई पक्राउ गरिएको  सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीका अनुसार  धनगढी उपमहानगरपालिका वडा नं. ३ त्रिनगर व्यारेल स्थित जिल्ला डडेल्धुरा पर्शुराम न. पा. १० बस्ने बर्ष ३५ को गणेश बहादुर डागीले चलाएको म २ प ३१०७ नंम्बरको मोटरसाइकल  पछाडी सवार  जिल्ला डोटी जोरायल गाउापालिका २ का २० बर्षीय डम्मरी भण्डारी र     से ७ प ५५२४ नम्बरको मोटरसाइकलका चालक डडेल्धुरा आलीताल  गाउपालिका ३ का ३० बर्षीय  डम्मर बोहराको साथबाट ९ ग्राम २९० मिलिग्राम लागु औषध (खैरो हेरोइन) बरामद गरी दुवै मोसाइकल र  तिनै जनालाई नियन्त्रणमा लिईएको छ ।

त्यसैगरी जिल्ला  भजनी नगरपलिका वडा नम्बं  .३ कुसमघाटमा सु.प.प्र.०१०००९ प ३५११ नम्बरको  मोटरसाइकलका चालक लम्की चुहा नगरपालिका१ थकालीपुरका  १९ बर्षीय रिजन मगरर मोटरसाइकल पछाडी सवार सोही ठाउबमा  २२  बर्षीय आकाश चौधरीलाइृ चेकजाच गर्दा हेलमेटमा लुकाएको अवस्थामा  ५ ग्राम ४२० मिलिग्राम लागु औषध (खैरो हेरोइन)  फेला पारेपछि मोटरसाइकल र ती दुवै जनालाई नियनत्रणमा लिइएको छ ।

यसैगरि, से ६ प ७५९४ नं. को मोटरसाइकला चालक गोदावरी नगपालिका ५ गेटाका  २० बर्षीय बिजय बिष्ट र मोटरसाइकलमा सवार गोदावरी नगपालिका  १ बिजौराका २५  बर्षीय राज चौधरीबाट ५ ग्राम ७५० मिलिग्राम लागु औषध (खैरो हेरोइन) फेला परेको र मोटसाइकल  सहित दुवै जनालाई पक्राउ गरेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 कैलालीकै लम्की चुहा नगपालिका ६ पिपरकोटीका २०  बर्षीय कमल जैसी र सोही ठाउका २६  बर्षीय लक्ष्मण बोहरालाई लाम्कीचुहा ६ बागमारमा बाटोमा हिडि रहेको अवस्थामा चेकजाच गर्दा  १५० मिलिग्राम लागु औषध  (खैरो हिरोइन)  सहित पक्राउ गरिएको छ ।