धनगढी पोष्ट
शनिबार, २९ कार्तिक २०८२ मा प्रकाशित
धनगढी । हार्डव्ययर व्यवसायी संघ कैलालीको अध्यक्षमा कुवेर शाही दोश्रो पटकका लागि निर्विरोध चयन भएका छन् ।
शनिबार भएको १३औं साधारण सभाले शाहीको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द्, उपाध्यक्षमा जयप्रकाश चौधरी र बलबहादुर खड्का, महाँसचिवमा धर्मराज जोशी, सचिवमा गणेशदत्त जोशी र कोषाध्यक्षमा श्रवणकुमार चौधरी चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा प्राञ्जल गुप्ता, सुरेन्द्र प्रसाद जोशी, चक्र सोडारी, डम्मर प्रसाद जैसी, यज्ञराज जोशी, शंकर साउँद, जय कुँवर र बिरेन्द्र बोगढी निबिरोध चयन भएको निर्वाचन अधिकृत अधिवक्ता गम्भिरसिंह ऐरले जानकारी दिए ।